Pages

Wednesday, June 19, 2013

गजल

फलाना अनुसार ढिस्काना अनुसार 
फेरिन्छ हर मान्छे जमाना अनुसार |१| 

ए आमा नसुनाउ त्यो तिम्रो रामायण 
चल्दैनन नौ जवान पुराना अनुसार |२| 

यस्तै छ यो दुनियाँ अधुरो र अपुरो 
भेटिन्न हर खुशी चाहाना अनुसार |३|

तीर कि नजर हो घाइते बनाउने 
चल्दछ प्रेमवाण निसाना अनुसार|४| 

जाने भा हजुर नी गाँउलेको मलामी 
खोजेर आउनु है ठेगाना अनुसार |५|

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish