Pages

Wednesday, June 19, 2013

गजल

सत्य सत्य धरोधर्म राम-राम देखाउछु 
मेरो घरको धुरीबाट जूनघाम देखाउछु||

भरियाले भन्दै थियो हेर्ने भए लौ हेर्नुस
नाम्लो अनि बरियोको निलडाम देखाउछु||

पल्लाघर फ्रिज ल्याए रुँदै भनिन् श्रीमतीले 
छिट्टै पैसा पठाउ बुडा तामझाम देखाउछु||


हिरण्यको  घमण्डमा प्रलादले रुँदै भन्यो 
यो ढुङोमा राधा कृष्ण घनश्याम देखाउछु||

तुलासाको मठ निर छाती पिट्दै रोइन आमा 
भन्दै थियो यही छोराले चारधाम देखाउछु||

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish