Pages

Sunday, July 21, 2013

छिमेकी

हजुरआमाले सिल्टिम्मुर खाएर बा आमा कोरा ढिकुरामा हुनुहुन्छ|
बर्खाको बेला मानो खाएर मुरी उब्जाउने दिन न हो
अलिनै खाएर भए पनि हलो त जोत्नु पर्‍यो बिहान भरी हलो जोतेर थकित भएर आएको छ गाँउले
पर बाट शास्त्री जि कि श्रीमती मुसु मुसु हाँस्दै आईन अनी लजाउदै एकान्तमा बोलाएर सुस्तरी भनिन:
"बाबु बाख्राको पढ्के कराएर मर्न लाग्यो हैजा लाई बोका भए ठाउमा लागि दिनुस न म आईमाई केटा केटी कता जानु लाज मर्दो"

हरे शिव! फेरी अर्को आपत म माथि थाकेर आएको मान्छे बाख्रो डोर्याएर जानु पर्ने
हैन यो ब्यर्थ शास्त्र को शास्त्री पनि कहाँ मुन्टेछ हँ?

कतार जान्छु भनेर हिडेको ७ बर्ष भयो नफर्केको साहयद मलेसिया मुन्टियो कि क्या हो शास्त्री ?
अझै घर फर्किदैन न फुन न चिट्ठी न खबर बेपत्ता छ उस्को घरको सारा समस्या चै मैले नि भोग्नु पर्ने ??
के गर्नु छिमेकी हुँ आखिर मर्दा पर्दा काम लाग्ने सहयोग त पुर्याउनै पर्‍यो नि
शास्त्री जि कि श्रीमती भाउजुले आज भन्दा १५ दिन अघी पनि
बाबु गाई कराएर मर्न लाग्यो लु लु गोरु मा लागि दिनुस् भन्दै आएकी थिन
७ दिन अघी मात्र बाछि करायो बाबु भर्ना गर्न लागि दिनु पर्‍यो भन्दै हारगुहार गर्दै मै भए ठाँउमा आएकी थिन |
झलास्सै याद आयो अनी मैले नि भाउजुले घुमाउरो पारामा सोधे
ए भाउजु तिमी त गाइले गोरु खोजेको बाछिले गोरु खोजेको बाख्राले बोका खोजेको खुब मेसो पाउदी रहेछौ
अनुभबी रहेछौ ए साँची यो आईमाईले बुढा खोजेको चै कसरी थाहा पाउनु हँ ? जानेकी भए भनन भाउजु मलाई नि केही राहत हुन्थ्यो कि
भाउजु कोदोको ढिडो मस्के झै मस्किदै १७ ठाउँ बाटरिदै भनिन
छ्या कस्तो लाज पचेको मान्छे हौ बाबु तपाईं त अनी कती सोझो पनि
आईमाईले बुढा खोजेको कुरा कसरी थाहा पाउनु भन्नु नि मैले तपाईं लाई
ई मलाई हेरेर आँफै अड्कल काट्नुस् न तपाईं ..
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish