Pages

Wednesday, July 03, 2013

लंन्ठे जाधु

तिमीले मलाई गाँउले भन्यौ ठिकै भन्यौ हो म गाँउमा बस्छु मलाई पाखे भन्यौ ठिकै भन्यौ म गाई भैंसी 
चराउदै पाखामै रमाउछु |तर तिमीले मलाई अशिक्षित मुर्खको सँज्ञा दियौ यो नितान्त गलत भन्यौ |हुन त मैले न तिम्रो जस्तो शाहर देखेको छु न तिम्रो जस्तो रहर देखेको छु | म त कुनामा बसेर दुनामा खाने पाखे नै हुँ | मैले सानोमा शिक्षा बिषय पढ्दा पढेको थिए |मान्छेले जन्मदा जन्मन सिकिरहेको हुन्छ भने मर्दा मर्न सिकी रहेको हुन्छ अर्थात मान्छेले जन्मे देखी मरुन्जेल केही न केही सिकी रहेको हुन्छ त्यही नै शिक्षा हो |हो तिम्रो जस्तो खबरी कागजमा छाप हानेको प्रमाण पत्र नहोला म सँग तै पनि तिमी भन्दा दुई गुना बढी शिक्षित छु जस्को प्रमाण म पेस गर्न सक्छु | म गाउले मुर्ख हुँ त्यही भएर भैंसी पालेको छु गाई पालेको छु बाख्रा पालेको छु| भकारो सोर्छु घाँस काट्छु भारी बोक्छु दुई ढुङ्रो दुध दुहुन्छु एक ढुङ्रो बेचेर नानीको किताब कापी किन्छु अर्को ढुङ्रो ओदान माथि कुडेमा मज्जाले रातो हुन्जेल तताउछु र मुन्सुली चामलको भात सँग कुहिना बाट तपतप दुधको धारा चुहाउदै भात खान्छु |हो म खान नि जान्दिन तिमीले जस्तो काँट र चम्चाले | तिम्रो जस्तो भान्सामा टाँसिएको
आधुनिक चर्पी छैन म सँग म त तिते पातिको जरा समाएर भिर बाट उदो दिसा गर्छु त्यसैले गाँउमा मान्छे उठ्नु भन्दा पहिला जुरुक्क उठेर कानमा जनै सिउरिएर म २ किलो मिटर परको डाँडामा आची गर्न जान्छु |बिहान घाम झुल्के दुनियाँले देख्लान भन्ने मलाई खुब पिर लाग्छ | त्यसैले मान्छे उठ्नु भन्दा पहिला झिसमिसेमा उठ्छु बिहानको चिसो सित पैतलामा पर्दा खुट्टा तातिने भतभत पोल्ने बिमार बाट म टाढा छु |त्यसैले शरीरिक ब्यामा पुगेर होला म तन्दुरुस्त छु अझै पनि एक कुन्टलको बोरा नाम्लो लाएर एक बिहान को बाटो नबिसाइ घट्टोमा पुर्याउछु | 
तिमिलाई नि थाहा छ बिहानिको सितको फाईदा म अशिक्षित भएर गाई भैंसी पाले झै तिमी बिध्वान भएर बेलाइती कुकुर पालेकी छौ रे साँझ मा केटी पार्टिमा गएर आधा रात बिते पछी फर्किन्छौ रे |अनी निधाउछौ बिहानीको सित कहाँ भेट्थ्यौ जब शिसाको झ्याल बाट घाम छिरेर ढिङ पोल्न थाल्छ तब तिमी बिउँझीएर पहिला त्यही कुकुर को लिड सोरेर मर्निङ वाक भन्दै ९ बजे पार्क तिर जलगैडा हल्लिए झै हल्लिन्छौ रे |जब दिसाले च्याप्छ अनी पार्क बाट दौडिदै भान्सा कोठा छेउ बाट आधुनिक चर्पिमा प्रस्थान हुन्छ तिम्रो | शरीरिक ब्याम पुगेको भा पो स्वास्थ्य ठीक हुने दिसा बस्न जाँदा २ घण्टा त्यही बिताउछौ घरी तल्लो मुखले डकार्छौ घरी माथ्लो मुखले डकार्छौ किन नडकार्नु आखिर ग्यास्टिक भाको छ | जोड संग भ्वाँक्क डकार्दा भान्साकोठामा र्याकमा सजाएका थालबोटुका गम्र्याङ गुम्रुङ आँफै झारेर बिरालो ले झार्यो भनेर बिरालो लाई दोष दिन्छौ |
अब तिमी शिक्षित कि म शिक्षित यो त पाठकले बताउलान 
तै पनि तिम्रो स्वास्थ्यले मलाई खुब पिरोल्छ अब डाक्टर भएर एम बि बि एस को खबरी कागजमा सहीछाप गरेर मलाई प्रमाण पत्र त कसैले दिदैनन तै पनि सोच्दै छु आयुर्बेदिक औषधी बेच्ने लन्ठे जाधुगर बनेर तिम्रो सेवा गरु .........
कुनै दिन तिम्रो शहरको चौक मा चिया खाने शिसाको गिलास माथि ६८ किलोको ढुङ्गा बाँधेर चटक भन्दै हातको सफाइ देखाउदै घरी शिवजी लन्ठ्याङ भन्दै पटटटट डमरू बजाउदै दुनियाँ लाई हसाँउदै आउन सक्छु| मान्छे एक पल्ट् हाँस्दा पनि शरीरमा ३ थोपा खुनको मात्रा बढ्छ रे त्यही भएर लन्ठे जाधुघर बनेर भए पनि तिम्रो उपचार गर्न एक मुर्ख आउने छ | त्यो बेला भिडको बिचमा आयुर्बेदिक औषधी बेच्दै गरेको यो गाउले लाई देख्यौ भने मुसुक्क हाँसी दिनु एक पकेट घोडे नुन बिरे नुन सित्तैमा उपहार दिउला घरमा लगेर पानीमा घोलेर खानु ग्यास्टिक निको हुन्छ |
त्यो बेला तिमीले सम्झिने छौ मलाई _______________गाँउले कुन चरिको नाम हो भन्ने 
मुर्ख कि शिक्षित भन्ने
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish