Pages

Sunday, July 21, 2013

गजल (एकाक्षेरी काफिया)

मेरी आमा भन्नुहुन्छ र बा भन्नु हुन्छ 
खाकै छोरो कामलाग्छ लौ खा भन्नु हुन्छ|१| 

धन कमाउन बिदेश जान्छु आमा भन्दा 
आधा पेटै खाँउला बाबै न जा भन्नु हुन्छ|२| 

छोटो जामा लाउने मोरी सुन्तली लाई देख्दा 
लाज पचेकी नकचरी छ्या छ्या भन्नु हुन्छ|३|

बैकल्पिक सेर 

यो साल त एक बुहारी भित्राउनै पर्छ  
छोरा तेरो के बिचार छ बता भन्नु हुन्छ|३| 


कुखुराले आँगन भरी बिस्कुन छर्दा पनि 
झटाराले हान्नु हुन्न हा हा भन्नु हुन्छ|४|

स्वार्थी दुनियाँ सँग लड्दा गलें आमा भन्दा 
आइज बाबु यै काखमा निदा भन्नु हुन्छ|५| 

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish