Pages

Thursday, July 25, 2013

गजल

हो बिगत देखी बर्तमान सम्म 
लुटियो मान्छेको पहिचान सम्म|१| 

दिउसै हराए मन्दिरका मुर्ती 
लौ हेर!लुटिए भगवान सम्म|२| 

जाती र धर्मको बिषाधी रोपेर
जलाइयो गीता र कुरान सम्म|३| 


यौनकै पिपासु बनेछ त्यो पापी 
छोडेन सुत्केरी ओछ्यान सम्म |४|

सुन्दै छु बेदना चेलीको चित्कारमा 
लुटियो इज्जत र मुस्कान सम्म|५| 

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish