Pages

Sunday, July 28, 2013

गजल

परिवर्तन छ जिन्दगी परिस्कार छ जिन्दगी 
उज्यालो त्यो जून जस्तै चमकदार छ जिन्दगी ||

मान्छे सृस्‍टि गर्नु पछी उदेश्य छ भगवानको 
नसोच ए मूर्ख मान्छे निराधार छ जिन्दगी||

अतित सम्झी आँशु पोख्ने हरु याद गर तिमी 
सम्झनामा बाँच्नेलाई कारागार छ जिन्दगी||


सफलता चुम्छ पक्कै पौरखी ती हत्केलाले 
सघर्षमा बाँच्नेलाइ सदाबाहार छ जिन्दगी||

गर्नु पर्ने धेरै नै छ समय छ छोटो उस्को 
त्यसैले त भागदौड मारामार छ जिन्दगी||

जीतु खड्का गाँउले 
मोरंग उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish