Pages

Friday, September 20, 2013

गजल

अनुमती बिनाको अधिकार बिनाको 
प्रस्तुत भो बजेट व्ययभार बिनाको||

सरकारले गाँउमा अस्पताल  खोलेछ 
गाँठे डाक्टर बिनाको उपचार बिनाको||

उ परिचय दिदै थ्यो कलम देखाएर 
पत्रकार पो रहेछ अखबार बिनाको||

पिछडिएका जतीको उथ्थान गर्नलाई 
दलितको आयोग छ मिजार बिनाको||

बिज्ञानको आडमा उ घमण्ड गर्दै छ
उ गर्दैछ कल्पना यो संसार बिनाको||

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: