Pages

Monday, October 07, 2013

गजल

ति चोट दिन्छौ देऊ छाती थापी सहुँला म
छोडी जाने भए जाऊ प्रतिक्षा मै रहुँला म ।।१।।

यही बेला पोखी हाल गुनासो छ भने केही
के भरोसा जिन्दगीको भोलि हुँला नहुँला म ।।२।।

छातीभित्रै गाँठो पार नखोल भो वेदना ती
मुटु नै छ मेरो पनि भावनामा बहुँला म ।।३।।

के सुन्छौ खै दु:खभरी कहानी छ जिन्दगीको
सुन्ने भए चुपचाप बस भोगे जति कहुँला म ।।४।।

बेठेगान जिन्दगी छ लक्ष बिहीन "गाउँलेको"
जता लान्छ जिन्दगीले उता उतै जउँला म ।।५।।


जीतु खड्का गाउँले
मोरंग उर्लाबारी
हाल- साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: