Pages

Monday, October 07, 2013

गजल

न आँखामा सजाउछौ न मुटुमा बसाउँछौ
न छेवैमा बोलाउछौ न त टाडा भगाउँछौ||

नखुलेका ओठहरु बोल्न खोज्छन इशाराले
समिपैमा आउछौ अनी सर्माउदै लजाउँछौ||

सपनिमा देख्छु अनी झस्किएर उठ्छु तब
उठी हेर्दा आँखा बाट ओझेल हुँदै बिलाउँछौ||


बिर्सिएर यादहरु कोल्टे फिर्दै सुत्न खोज्दा
कोसेलीमा उही याद पोको पारी पठाउँछौ||

खोलेहुन्छ मन्को गाँठो गाँउलेको सामुन्नेमा
लुकीछिपी लुकीछीपी आँखा किन जुधाउँछौ||

जीतु खड्का गाँउले

मोरङ उर्लाबारी
हाल साउदी अरब

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: