Pages

Friday, October 18, 2013

गजल


आँखा आँखा जुधाएछौ थाहै थे'न मलाइ
भेट्ने निम्तो पठाएछौ थाहै थे'न मलाइ ||

प्रेम पत्र कोरी मैले पठाएँ थे एउटा
सहमती जनाएछौ थाहै थे'न मलाइ ||

तारा गन्दै टोलाई रहे अँध्यारोमा राती
जून बनी उदाएछौ थाहै थे'न मलाइ ||



तिम्रो उता मेरो यता धड्कीरन्थे सधै
दुई मुटु मिलाएछौ थाहै थे'न मलाइ ||

सम्झौता हो जिन्दगी यो गर्नै पर्छ भन्दै
आफै हारी जिताएछौ थाहै थे'न मलाइ ||

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: