Pages

Monday, April 04, 2016

गजल

ए जिन्दगी तै बाघ लौ मै बिरालो भै'गो 
तै भै'स मेरो मालिक लौ मै गोठालो भै 'गो!!

बजार भाउ सुन्नेसाथ मुर्छा परी ढल्छन्
नआइज भो तर्साउन ए भुइँचालो भै'गो !!

एई सर्खार लौ के दिन्छस् मलाइ पहिचान 
भरिया हुँ म विरासतमै डोकोडालो भै'गो !!

त्यो चेलीको इज्जत लुटे यो माइतीको श्रम 
कसरी पो देखाउ हामी मुहार कालो भै'गो !!

यही चिन्ताले सुत्न दिन्न आजभोली मलाइ 
कोल्टे फेर्दै झकाए थेँ फेरी उज्यालो भै'गो !!

जीतु  खड्का गाउले 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: