Pages

Monday, May 30, 2016

गजल


आएका थे जन्ती टिकुली लिएर 
गएछन् सबेरै बेहुली लिएर !!

ए रोक न रोक कसैले त रोक
जाँदैछ दलाली बाटुली लिएर !!


नदीमा गए थ्यो आएन ऊ अझै 
वाचा थ्यो फर्किने बिजुली लिएर!!



आँउछे न्याउली सुनाउन मलाई 
बिरही भाकामा गोधुली लिएर !!

काँ जान्छौ ए आँशु?भागेर म बाट 
सामुन्ने खडा छु अंञ्जुली लिएर !!

जीतु खड्का गाउँले
मोरंग उर्लाबारी 
हाल- साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: