Pages

Thursday, June 02, 2011

गजल (बुलबुल ९० एपिसोड मा बाचन भएको )

नदेखे'झै नगर'भो आँखा खोली हेर बुध्द
पापीले नि सुन्थे कि त बिन्ती बोली हेर बुध्द ||


रगतैको खोलै बग्यो तिम्ले आँखा चिम्ले पछी
के के भयो मैले देखें तिमी भोली हेर बुध्द ||


तिम्रा चार महावाणी कता लुके कता भागे
शान्ती सबै लुटाएछु मेरो झोली हेर बुध्द ||


डोली चड्ने समयमा जिन्दगीनै उजाडियो
आँखा तिम्रो रसाउछ रित्तो डोली हेर बुध्द ||


सबै यहा दुष्ट पापी तिमि जस्तो भेटिएन
नपत्याए तिमि शान्ति दिप पोली हेर बुध्द


जीतु खडका (गाँउले )
मोरङ उर्लाबरी
हाल बालुवाटार (साउदी अरब)
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: