Pages

Thursday, June 02, 2011

गित

गित लेख्ने पहिलो प्रयास ...........
टुक्रा टुक्रा पारी मुटु अमिलो त नछर भो
खुशी जती लुटी सक्यौ बदनाम त नगर भो ||


तिमी सँगै रम्न खोजें चाहना ति लुकाएर
दुनियाँमा जम्न खोजे स्वाभिमान झुकाएर
छोडि जानु रैछ् गयौ छड्के आँखा नतर भो
मनको घाऊ आलै हुँदा चुक अमिलो नभर भो  ||


टुक्रा टुक्रा पारी ............

स्वार्थ रै'छ माया भन्नु मुटु दुख्ने खेल भयो
बगी रहे आँशु धरा आँफै बग्ने भेल भयो
माँया भन्ने चिजै यस्तो ओईली जाने फुल रै'छ
हाँस खेल माँया ठान्नु यही ठुलो भुल रै'छ

टुक्रा टुक्रा पारी मुटु अमिलो त नछर भो
खुशी जती लुटी सक्यौ बदनाम त नगर भो  ||

जीतु खड्का (गाउले )
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: