अन्न छैन भकारीमा जुटाउनु छ दशैँ मान्न
उद्रिएको लुगा फाटो खुटाउनु छ दशैँ मान्न ||
बर्षभरी आँटो पिठो सधै नमिठो खाए पनि
काँचै काटी घैया धान कुटाउनु छ दशैँ मान्न ||
श्रीमतीले माग्न थालि रहर गरि टिका मुन्द्रा
बन्दगीमा राखेको थे छुटाउनु छ दशैँ मान्न ||
चिची पाप भन्थे छोरि रुन्छन होला नदिए त
छ की पैसा खुत्रुकेमा फुटाउनु छ दशैँ मान्न||
जिम्बेवारी पुरा गर्दै सक्या छुइन ठाडो हुन
कर्तब्यले झुकेको शिर उठाउनु छ दशैं मान्न ||
जीतु खड्का (गाउले)
मोरंग उर्लाबारी
अन्त्यमा बिजय दशमी तथा दिपावलीको सुभ उपलक्ष्यमा मलाइ जितु खड्का गाउले भनेर चिन्ने सम्पूर्ण नेपालि दाजु भाइ तथा दिदि बैनी आफन्त सम्पूर्ण सर्जक तथा अग्रज लाइ मेरो तर्फबाट हार्दिक सुभ कामना अर्पण गर्दै यो गजल यहा हरुलाई सुम्पेर दशैँ मान्न नेपाल जादैछु .बिश्वास छ मलाइ भुल्नु हुन्न भन्ने
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

Kathmandu 
1 सुझाबहरु:
जीतु सर यहाँ को गजल धेरै राम्रो र भाबुक छ् प्रगतिको कामना साथै बिजयदशमीको पवन अबसर मा धेरै धेरै शुभकामना छ | काँचो घैया चाँही नखानु होला हा हा हा |
Post a Comment