Pages

Monday, December 19, 2011

गजल


गन्तब्य नै बिर्सिएर दोबाटो मै रुँदैछु म
आँखा भित्र राख्यौ किन आँशु बनी चुँदैछु म !!

मर्यो आश छुट्यो साथ आँफै भित्र हराइ सके 
हजारौंको भिड भित्र आज एक्लो हुँदैछु म!!


चल्दै छ कि बन्द भयो धड्कदैन मुटु पनि 
सङ्का मानी घरी घरी आफ्नै मुटु छुँदैछु म!!

चन्द्रमा झै कंञ्चन थिए कहाँ देख्यौ दाग मेरो ?
दाग छ की कालेजिमा खोजी खोजी धुँदैछु म!!

सक्दिन म माथि उठ्न  धेरै तल भासी सके
नखोज भो पतालमा त्यो भन्दा नी उँधैछु म!!

जीतु खड्का (गाउले )
मोरङ उर्लाबारी
हाल साउदी अरब

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: