Pages

Monday, December 19, 2011

गजल


आउ नारी अघी बढ लुकेर त हुदैन के 
आउछ मौका पर्खदैन चुकेर त हुँदैन के !!


समयले कोल्टो फेर्‍यो तिमी भने घुम्टो भित्रै 
सधैं भरी चुल्हो चौका फुकेर त हुँदैन के !!



कती बस्छौ आरक्षणमै आँफै गर्न सक्दिनौ र ?
सक्ने भए लेउ हक झुकेर त हुँदैन के !!


कती ढाक्छौ पछ्यौरीले समाजको कुरिती त्यो 
पाक्ला घाऊ बल्झिएर दुखेर त हुँदैन के !!


जीतु खड्का (गाउले )
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: