Pages

Friday, January 27, 2012

घायालको तरही मुसायरा ३३ बाट

बैगुनिको मायाँ भित्र छुरा हुन्छ
अरुलाई घोच्ने तिखो चुरा हुन्छ !!

आफ्नो लागि आँफै ठुलो भन्ने लाई 
आँफै माउ बाँकी सबै भुरा हुन्छ !!

म मरेको देख्दा खुशी हुन्छौ भने 
रेट घाटी इच्छा तिम्रो पुरा हुन्छ !!


सबैजना जाती यहाँ मै छु वैरी 
मेरै बारे सँधै खराब् कुरा हुन्छ !!

आगो लाई गयौ 'गाँउलेको' बस्ती 
डडेलोले खाए नयाँ आँकुरा हुन्छ !!

जीतु खड्का (गाँउले )
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: