Pages

Friday, January 27, 2012

गजल


चुइदै छ छानो मेरो बास खोज्न जाउ कहाँ 
मरेतुल्य बाँचेको छु  लाश खोज्न जाउ कहाँ !१!

जिउनु छ अझै पनि चाह सबै मरी सके 
अझै  बाँच्न भनी  झुटो आश खोज्न जाउ कहाँ !२!

उजाड भो  बस्ती मेरो डडेलोले खरानी भो 
आफ्नै चिता बाँध्नलाई बाँस खोज्न जाउ कहाँ !३!

निन्द्रा कहाँ लाग्छ हजुर खाली पेट सुते पछी 
छैन माम पेट भर्ने गाँस खोज्न जाउ कहाँ  !४!


बन्दकीमा बसेको छु हाँसी  खुशी धितो राखी 
भएको छु तिम्रो दासी दास खोज्न जाउ कहाँ !५!

तिमी जस्तो अर्ध नग्न घुम्न कहाँ सक्छु र म 
आफ्नो लाज छोप्न लाई कपास खोज्न जाउ कहाँ  !६! 

अध्यारोमै रुमलिएछु गन्तब्य नै बिर्सिएर 
आफै भित्र हराएछु खास खोज्न जाउ कहाँ !७!

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: