Pages

Wednesday, January 11, 2012

गजल

खै के लेख्यो दैबले नि अभागी यो निधारैमा
सँधै भरी अभाबै छ गरिबकै घरबारैमा !!

छोप्ने ठाउँ छोप्नै पर्‍यो नत्र थुक्छ दुनियाँले
गरीबीमा दौरा टाल्दा हाँसो भयो बजारैमा !!

चोरलाई चौतारो छ साधुलाई शुली यहाँ
गरीब नै चोर भयो समाजको नजरैमा !!



मिठो अनी मसिनो त कहाँ भेट्नु मैले सँधै
आँटो च्याँख्लो खाएर नै पेट भर्छु अभरैमा !!

पाइलै पिछे ठेस लाग्छ बग्छ खुन बालुवामा
खाली खुट्टा हिनेकै छु मरुभुमी बगरैमा!!

जीतु खड्का (गाउले )
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: