Pages

Wednesday, January 11, 2012

गजल (घायलको तरही मुसायरा ३१ बाट )

खुसुक्कै पस्यौ यो मुटु भित्र खोजेर बाहाना
पाइला चाल मायालु मेरी सोचेर जमाना !!

आँखाको जादु चलायौ किन मै भए भुतुक्क
ताकेर हान्यौ मुटु कै बिच लागे छ निसाना!!

यो छाती भरी सङिन गाडी गयौ नि छोडेर
जिउँदै छु म मुटुका घाऊ मानेर स-साना !!


जमाना पछी फर्केर गए संम्झेर त्यो ठाउँ
उस्तै छ गाँउ उस्तै छ गल्ली मान्छे चै बिराना !!

कमाए पछी शहर छिर्ने मान्छे को बानी भो
गाउले म'त गावै भो प्यारो यस्तै छ भावना !!

जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: