Pages

Saturday, February 25, 2012

गजल |(दुई )

गजलको बहरमा उसैलाई देख्छु
सपनाको शहरमा उसैलाई देख्छु!!
.
बन्द गरे पनी आँखा तस्बिर छ उस्कै
संम्झनाको लहरमा उसैलाई देख्छु !!
.
कल्पनामा रम्दै हुन्छु उदाउँदा सुर्य
मिर्मिरेको प्रहरमा उसैलाई देख्छु !!

.
प्रेम प्यासी मेट्न प्यास आतुर छु आँफै
बिषालु त्यो जहरमा उसैलाई देख्छु !!

अँन्जुलिमा उठाएर प्यास मेटु जस्तो
कलकल बग्ने नहरमा उसैलाई देख्छु !!

(©जीतु खड्का 2012 सर्बाधिकार सुरक्षित)
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: