Pages

Saturday, February 25, 2012

गजल (एक )

अन्जानैमा माँया बस्यो दोष छैन मेरो !!
बिछोडमा आँशु खस्यो दोष छैन मेरो !!

एकान्तमा भयो भेट थेन हाम्रो सिमा
अंगालोले आँफै कस्यो दोष छैन मेरो !!

पोल्न थाल्यो मुटुमेरो चर्किएर आज
मुटुभित्र खै के पस्यो दोष छैन मेरो !!


बिछोडको भुमरिमा परेको छु म नि
समयले छुरा धस्यो दोष छैन मेरो !!

चन्चल छ मेरो मन लाग्छ डेरा सरु
दोधारैमा यो मन् फस्यो दोष छैन मेरो !!

(©जीतु खड्का 2012 सर्बाधिकार सुरक्षित)
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: