Pages

Thursday, February 02, 2012

गजल




कल्पी कल्पी बसें आज संम्झिएर तिमीलाई
बेहोसिमा बोलाएछु झस्किएर तिमीलाइ !!

यही कतै भए जस्तो यति टाढा हुदा पनि 
कुरौ जस्तो लाग्छ खाना पस्किएर तिमीलाई !!

रिसाए नि मेरै तिमी खुसाए नि तिमी मेरै
सताउँ झै लाग्छ मन ठस्किएर तिमीलाई !!


टुलुटुलु हेरी बस्छु टोलाएर तिमीलाई 
समिपमै तानौ लाग्यो लस्किएर तिमीलाई !!

मन छैन तिमी बाट टाढिएर बस्न लाई
सुस्केराले डाक्छु अब मस्किएर तिमीलाई !!

गजलकार :  
साबित्रा लुइँटेल( घिमिरे )द्वारा 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: