राजनीती झै फस्टाउने ब्यापार खोज्दै छु
जातित्वको नारा बिक्ने बजार खोज्दै छु !!
मैले पनि लिनै पर्यो आधार जातको
मेरै जाती मात्र आट्ने सरकार खोज्दै छु!!
शहीदको रगतले धिक्कार्छ कि मलाई
सान्तवनाको दुई सब्द आभार खोज्दै छु
अखन्ड यो मातृभूमी दाईजो नखोज
हजुरलाई चडाउने उपहार खोज्दै छु !!
किसानको छोरा म त त्यो पेट भर्नु छ
त्यसैले त धान फल्ने सिमसार खोज्दै छु!!
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment