Pages

Tuesday, September 19, 2017

गजल

यि आँशुका थोपा पनि शीत जस्तै लाग्छ
मुस्कुराउन मेरो निम्ती बर्जित जस्तै लाग्छ !!

तिम्रो निम्ती पीडा होला मेरो निम्ती आँशु 
पिउदा पिउदै बानी परे अमृत जस्तै लाग्छ !!

यो जिन्दगी जिउन पनि युद्दै लडे जस्तो 
पेट भरी खान पाउदा जित जस्तै लाग्छ !!


संसार जित्न हिंडेको थे दु:ख सँग लड्दै 
एेना सामु उभ्भी हेर्दा  थकित जस्तै लाग्छ !!

अर्ति दिए बिख ठान्छन् कलियुगका मान्छे 
चुपचाप बस्नु गाउँलेको  हित जस्तै लाग्छ !!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: