Pages

Monday, March 12, 2018

गजल

रापमा जिन्दगी यो जली रहेछ 
समयले आगो ओकली रहेछ!१! 

देखेर यि मान्छे मुर्छित छ् छेपारो 
मान्छेले पो रंग बदली रहेछ !२! 

हो-हल्ला गर्ने यि चप्पल रहेछन् 
चुपचाप यो धर्ती त चली रहेछ!३! 


दु:ख हो ए सखी सक्कली भन्नु त 
पलभरको त्यो खुशी नक्कली रहेछ!४! 

सुनाए कबिता भै दिन्छ रमिता    
साँच्चै यो जीवन डबली रहेछ !५! 

जितु खड्का गाँउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: