Pages

Wednesday, May 16, 2012

गजल ३३


गर्ब गर्दै छाती मैले ठोक्न पाउने कहिले ?
अधिकारको कुम्लो मैले बोक्न पाउने कहिले?

युबा बिके विदेशमा भाउ अर्काकै पो भयो
बजारमा श्रम मूल्य तोक्न पाउने कहिले ?

बिकृति र बिसंगती तर्फ चालिएका पाइला
थुम्थुम्याउदै हामीले नै रोक्न पाउने कहिले?



खिस्स हाँस्दा गाला बिच डिम्पल देखिने
नक्कलीका पुक्क गाला टोक्न पाउने कहिले?

मेरो पनि रहर थ्यो छिर्ने बियर बारमा
उद्रिएको चोली हेर्दै धोक्न पाउने कहिले?


जीतु खडका गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: