Pages

Wednesday, September 26, 2012

गजल ११५


सुन हैन चाँदी हैन हैन माँया हिरा 
प्रेम गर्ने सबै यहाँ छिचीमिरा किरा||

हेर्दा खेरी धनाड्य छ आई फोन बोक्ने 
कठै बरा घर भित्र छैन बस्ने पिरा ||

आदर्शको कुरा छाँट्छ बाँकी जाड खाँदै 
छैन भरे तिहुनमा पड्काउने जिरा ||


कलियुग जमनामा कहाँ भेट्नु राम्रो 
असल पती पाउ भन्दै बर्तबसी मिरा||

नेपालको माटो भित्र सुन फल्छ भन्थे 
सक्ने भए तैले पनि पाखोबारी बिरा||

जीतु खड्का गाउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: