अधुरै भा'को सृजना चोर्यौ
निन्द्रामा छा'को सपना चोर्यौ||
अर्काको नासो गलाको पासो
मागेर ला'को गहना चोर्यौ ||
गफाडी रै'छौ गफैले बाँच्ने
ढाँटेर खा'को जमना चोर्यौ||
खुशी छु आज किन हो किन
जन्मदै पा'को बेदना चोर्यौ||
सकिन बानी सुधार्न तिम्रो
फूलमा आ'को बासना चोर्यौ||
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment