थाँती भका सारा काम सकाएर आँए
मै हुँ भन्ने मोरी लाई थकाएर आँए||
फर्की आउन लागेको थे डाको छोडि रोइ
जसो तसो बिचरी लाई फकाएर आँए||
दुई मुटु एकै थियो थेन लाज त्यहा
लुकाएका राज हरु बकाएर आँए||
हिडेको थे भेटे पछी के के गर्छु भन्दै
उस्को सामु पर्दा आँफै धकाएर आँए||
प्रोमिल ति बात हरु सुन्दै थिए त्यहाँ
आधा रात अनिदो भै झकाएर आँए||
लजाउदै हेर्दै थिए लुकी लुकी मलाई
कामुक ति अंगहरु ढकाएर आएँ||
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 