Pages

Tuesday, January 22, 2013

कुरा बुझ्नु

हो मलाई तिमीले गरीब भनेर हेला गर्यौ 
हुँ म गरीब नै छु 
आफ्नो सम्पत्तिको नाममा टारबारी बाहेक अरु केही छैन 
तिम्रो त धेरै छ सम्पत्ति म नि मान्छु 
खान्दानी हौ तिमी तर पनि माया मा सम्पत्तिको के कुरा जाबो 
तिम्रो 
टारबारी भन्दा तलको एक सुर्को गैरी खेत र टार बारी भन्दा माथिको 
एक सुर्को नस्पातीघारी हुँदैमा यती फुटानी त लाउन हुने थिएन तिमीले 
माया लाई सम्पत्तिको तराजुमा जोख्यौ ठिकै छ 

यो हरफ याद गर तिमी

हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नो खाएकै बेस आनन्दी मनले ||


कुरा बुझ्नु मुसुक्क हाँस्नु आफ्नो बाटो लाग्नु
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish