Pages

Tuesday, January 22, 2013

गजल झै

घाउ दुख्यो बेथा बल्झ्यो बेदना हरायो
गुमनाम भो परीचय ठेगना हरायो ||

श्रावन भदौ भए आँखा रहेन ओभनो
आहाल छ सिरानी मेरो सपना हरायो ||

कल्पी कल्पी कल्पनामा ब्यर्थै म रमाए 
बिछोडको भुमरीमा संम्झना हरायो ||

आफ्नै छोरी नखर्माउली नाठोको के दोष 
बिचरीले लगाएको गहना हरायो ||




जीतु खड्का गाउले 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish