Pages

Wednesday, December 11, 2013

एउटा पुचुङ्रे गीत है त

मंसिर पनि बित्न लाग्यो झ्यानाकुल्टुङ पारौ
आगु सम्म सिक्वा भरी भल्ट्याङभुल्टुङ पारौ
सिन्की अचार
ए ठुलि के छ बिचार

कुनै दिन त मेरो घर डोली चढि आउली
बर्ष दिन नबित्दैमा घोर्ले छोरो पाउली
सिन्की अचार
ए ठुलि के छ बिचार

डोली लिई तिम्लाई लिन जन्ती लिई आँउला
ज्वानो मासु तिमी खानु टाउको आँफै खाँउला
सिन्की अचार
ए ठुलि के छ बिचार
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: