Pages

Monday, June 09, 2014

गजल

मिच्यो सिमा छिमेकीले पर्खाल कहिले लाउँछौ ?
वीरका सन्तान् हुतिहारा सुरुवाल कहिले लाउँछौ?

असमान संन्धी गर्ने राष्ट्र सेवक महोदय 
दसगजा त जिम्मा लायौ हिमाल कहिले लाउँछौ ?

शित छोप्ने छानो बग्यो महाकालीमा बाढी आउँदा 
आकाश ओडी निदाउदै छु त्रिपाल कहिले लाउँछौ ?

मेरो आफ्नो जननी र जन्मभुमी बेच्ने हरु
भन तिम्रो चेली बेच्न दलाल कहिले लाउँछौ ?

ओभाना छन् आँखाहरु देश सँगै रुँदा गाउले
यी आँखामा खुशी डुब्ने आहाल कहिले लाउँछौ ?

जीतु खड्का गाउँले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: