Pages

Monday, December 16, 2013

आँखा भएका अन्धा

बिहान ३ बजे झिसमिसेमा आँखा मिच्दै जुरुक्क उठेर तुरुक्क पारेर एक अंगालो पराल तानेर गोरुलाई हालेर 
यसो आँखा झिमिक पार्दा बुढी ले उठेर चिया पकाइ गोरुलाई कुडो पकाएर खुवाइ ओरी 
ए भुन्टेका बा उठ्नुस् घाम झुल्की सक्यो  अहिले खेताला आँछन भन्दै उठाएर मुख पनि नधोइ सुरुप्प चिया पिए पछी 
काँधमा हलो जुवा बोकेर हिलो खेतमा भासिदै भासिदै मेलोमा गोरु नारी 
धमाधम जोती रहेको मान्छेलाई 
अलिक परबाट एउटा मान्छे आएर आलिमा उभ्भिएर भन्छ 
ए गाँउले के गर्दै हुनुहुन्छ ??



तेस्का आँखा फुलो परेको नजिकै आएर त्यसो भने त गोरु कुट्ने दुवाली तीन कोपरा मुत्ने गरी हान्नु जस्तो 
लाग्यो नि 
हालो जोत्दै गरेको मान्छे लाई के गरेको भनेर सोध्ने 
स्कुल जाँदै गरेको मान्छे लाई स्कुल गाको भनेर सोध्ने 
डोको बोकेर घाँस काट्न जाँदै गरेको मान्छेलाई 
घाँस काट्न गाकी भनेर 
सोध्ने ति  सारा नेपाली आँखा भएका अन्धा नै होइन र  
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: