Pages

Tuesday, January 28, 2014

गजल

नाँसिदैन पीर ब्यथा वेदना यो जिन्दगीको 
नहेर भो धामी दाई जोखना यो जिन्दगीको !!

अभाबको कुम्लो बोकी हिडी रहदा दोबाटो मै 
ढल्छ होला अस्थिपञ्चर थपना यो जिन्दगीको!!

भोग्नै पर्छ लेखे जती जे लेख्या छ निधारमा 
टारी कहाँ टारिन्थ्यो र लहना यो जिन्दगीको !!

सफलताको खुड्किलोमा जती माथी पुगे पनी 
नमेटिने रैछ कहिले तृर्सना यो जिन्दगीको !!

घनिस्ट छ दु:ख सँग सम्बन्ध यो गाउँलेको 
जहाँ जान्छु साथै लान्छु सम्झना यो जिन्दगीको !!




Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: