Pages

Saturday, May 17, 2014

भण्डारी गजल

इन्टरनेटमा कुरा हुन्थ्यो बटौलीकी नानी सँग 
मस्का मस्की खुबै हुन्थ्यो दमौलीकी नानी सँग!!

स्काइपमा अौथिन् उनी म कोठामा एक्लै हुँदा 
देब्रे आँखा सन्काइ दिन्थे सुनौलीकी नानी सँग!!

लाउँ त माया को सँग लाउँ दोधारमा हुन्थे संधै 
इज्जतमा धार्नी या कि बिसौलीकी नानी सँग!!

घुम्न जाने निधो भयो आँधी खोला गड तिरैमा 
अंगालोमा हाली गएँ गडतौलीकी नानी सँग!!

पूर्व आउँदा गाँउले दाई मलाई भेटी जानु भन्ने 
चुले निम्तो पाएको थे भरौलीकी नानी सँग!!

जीतु खड्का गाउँले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: