Pages

Saturday, May 17, 2014

आमा नै उस्ती

ए नि लै लै 
मेरो अभागी पुर्पुरो 
आज बुढा बुढीको ठ्याक ठुक मात्र के परेको थ्यो 
लौ बुढी त हिडि झोला टिपेर माइत 
मैले नि खल्ती बाट १०० रुपया झिकेर 
ला गाडी भाडा लु जा माइत 
तेरा बाउले बिहानै फोन गरेर मलाई भनेका थिए 

"ज्वाँई छोरी पठाइ दिनु न भात पकाउन 
खोइ के भाको बुडेसकाल मा बुढी 

निहु खोजेर म सँग बाझेर माइत गै "

मेरो कुरा सुन्ने बित्तिकै
बुढी थचक्क बसेर भुतभुताउन थाली हाम्री
आमा को पाँच पैसाको बुध्दी छैन
खाली बाउ सँग बाझेर माइत जान्छिन बिचरा बाउ
हाम्री त आमा नै उस्ती भन्दै 

हुन पनि हो छोरी लाई बाउ को माया लाग्छ
छोरालाई आमाको भन्छन भन्न् त

मैले मन मनै बिचार गरी सकेको थिए
यो आईमाईको जातै यस्तै हो
आफ्नो आङमा भैंसी नदेख्ने अर्काको आङमा जुम्रा देख्ने
आफु झगडा गरेर आफु उस्ती भाको थाहा नपाउने आमा
आमा उस्ती भाको चै थाहा पाउने 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: