Pages

Saturday, May 17, 2014

गजल

खुशीमा पठाँउछन् रहरमा पठाँउछन्
देखाउँदै सपना शहरमा पठाँउछन् !!

भरोसा काँ हुन्छ ई मान्छे शहरका 
पठाँउछन् ओखती जहरमा पठाँउछन्!!

झुक्याउछन् जूनतारा पानीमा देखाउदै 
टिपी ल्याउ भनेर नहरमा पठाँउछन्!!

अरुको दुखमा रमाउनेहरु नै 
किनारमा बसेर लहरमा पठाउछन् !!

सोझा ती गाउले पठाँउछन् विदेशमा 
मुनाफा कमाउने ठहरमा पठाउछन् !!

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: