Pages

Saturday, December 20, 2014

गजल

दिएन यो जिन्दगीले दु:ख सिबाय अरुकेही 
लाचार छु जिउन यसै छैन उपाय अरुकेही !१!

अभाब बाटै श्री गणेश हुदो रैछ जिन्दगीको
नटुङियोस थपी देउ दैब अध्याय अरुकेही!२!

गरिबको घरमा चुलो साँझ बिहान नबलेसी 
अँह हुनै सक्दैन अर्को ठुलो सजाय अरुकेही!३!

लडे पछी उठ्न आँफै सिकाउछ भोगाइले 
नसुनाउनुस् तपाईंको दर्शन राय अरुकेही!४!

पैसा बोल्ने अदालतमा अपराधी बन्छ गरिब 
हुदै हुन्न न्याय माग्न जाने निकाय अरुकेही!५!

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: