Pages

Saturday, December 20, 2014

गजल

घण्टौ सँगै बसिन्थ्यो हौ बैस हुँदा जवानीमा 
अनी के के गरिन्थ्यो हौ बैस हुँदा जवानीमा!!

भेट्न भनी बोलाउथिन बाउ हुन्थे भर्याङमा 
खाँबै बाट चढिन्थ्यो हौ बैस हुँदा जवानीमा!!

ईशाराले डाक्थिन् उनी खाली ठाउँ देखाउदै 
बसौ भन्ने बुझिन्थ्यो हौ बैस हुँदा जवानीमा !!

सार्थिन सारी अली माथी सँग सँगै तर्दा खोली 
अनेक खण्ड देखिन्थ्यो हौ बैस हुँदा जवानीमा!!

अहिले पो त बुढो भएँ सक्दिन म केही गर्न 
साँच्चै गाँवै हल्लिन्थ्यो हौ बैस हुँदा जवानीमा!!

जीतु खड्का गाउले 
मोरंग उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: