Pages

Tuesday, December 23, 2014

गजल(गैर रदिफ )


भाग्य लेख्न भुलिस् दैब निधार नाएर 
अर्को भुल गरिस् तैले मलाई न्माएर!१!

तेरै सामु अबोध ति बाल बालिका मर्दा 
सक्दैन थिस् बचाउन चमत्कार देखाएर!२!

मेरो चित्कार नसुन्नेले के सुन्थ्यो यो पुकार 
नबस भो पूजारी बा घण्टा जाएर !३!

आँखा चिम्ली विश्वाश गरे आस्था राखी तँ मा 
कतिन्जेल सुत्छस् अझै सिरान गाएर!४!

यस्तै रहे तेरो लीला मन्जुर छैन मलाई 
तागत भए लैजा माथी अहिले ठाएर!५!

जितु खड्का गाउले 
मोरंग उर्लाबारी 
हाल-साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: