Pages

Tuesday, December 23, 2014

गजल (दिएँन बास मेरो आफ्नै निवासले मलाइ)

हेप्न थाल्यो तब देखी तासले मलाइ 
जब खोस्यो मेरै छत काशले मलाइ!!

ऐना हेर्न बिर्सिए छु मुग्लान छिर्दा मैले 
बुडो भैस भन्छ अचेल प्रबासले मलाइ !!

अहिले खाए भरे के खाउँ चिन्ता यही मेरो 
नछोड्ने भो साथ कहिले निराशले मलाइ!!

अभाबले लखेट्यो झन् जलाएर मन 
दिएँन बास मेरो आफ्नै निवासले मलाइ!!

गरिवीले फाटे पछी टाली लाएँ दौरा 
रमिता हेर्छ दुनिया एक् मासले मलाई!!

जितु खड्का गाउले 
मोरङ उर्लाबारी 

हाल-साउदी अरब 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: