Pages

Monday, January 19, 2015

गजल

जव घरमा टेलिफिल्म कुमकुम मचिन्छ 
बोल्नै हुन्न बुढीसँग उधुम मचिन्छ !!

रिमोट खोसी समाचार हेर्न खोज्दा मैले 
झै झगडा सुरु हुन्छ जुलुम मचिन्छ !!

भाँडा माझ्दा ढाड दुख्छ रे नाच्नु पर्‍यो भने 
भैंसी जस्तो शरीर पनी ठुमठुम मचिन्छ!!

धर्ती घुम्छ बुझ्ने भए पिउनै पर्छ यार 
टुच्च लाउँदै भित्तो हेर्नु झुमझुम मचिन्छ!!

नेता ज्युले बन्द भन्दा बन्द हुन्न अब 
बन्द गर्ने खोल्ने बिच ड्यामडुम मचिन्छ !!

जीतु खड्का गाउँले
मोरंग उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: