Pages

Friday, January 16, 2015

गजल

अझै पनी बिद्रोहको निसान भेटिदै छ
बारी जोत्दा कंकाल र चिहान भेटिदै छ!१!

पानी चुँइने छाप्रो भित्र रुज्दै बस्दा लडाकु ती 
कमान्डरको झुप्रो जो थ्यो ढलान भेटिदै छ!२!


नासाका ती बैज्ञानिकले यस्तो तथ्य जारी गरे
एसियामा भबिस्यको सुडान भेटिदै छ !३!

हुँदा आफ्ना नहुँदा को?निहालेर हेर्दै छु म
आफन्तको मुहारमा अन्जान भेटिदै छ !४!

चोर डाँका मर्दापनी दस लाख मुल्य तोक्दै
शहिद बेच्ने गणतन्त्रमा दोकान भेटिदै छ !!

-जीतु खड्का 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: