Pages

Friday, July 31, 2015

दन्ते कथा (मान्छे )

मान्छे आफ्नो प्रगतिमा खुशी हुनुको सट्टा छिमेकीको प्रगतिमा दुखी हुन्छन 
एउटा गाँउमा सँगै आँगन जोडेर बसेका छिमेकी थिए साने र मसाने साने भन्ने चै निक्कै गरीब थियो साँझ खाए बिहान के खाउ बिहान खाए साँझ के खाँउ स्थितीको तै पनि उ सन्तोषी थियो कसैको आरिस गर्दैन थ्यो म कर्म गर्छु जती मेरो भागमा छ त्यतीनै मैले पाउछु त्यहा भन्दा
धेरै मैले पाँउदिन भगवानले मलाई दिदैनन भनेर चित्त बुझाउथ्यो एकैछाक खाए पनि हस्टपुस्ट निरोगी थियो साने
यता सानेको आँगन जोडेर बसेको अर्को छिमेकी थ्यो मसाने जसो तसो दु:ख सुख ऐचो पैचो गरेर खान पुग्थ्यो टालटुल गरेर लाउन पुग्थ्यो तै पनि उ सन्तोष थिएन हलका गोरु एउटा भिरबाट लडेर मरेछ एउटा मात्र बाँकी रहेछ ! अलिक आर्थिक स्थिती दर्हिलो नहुँदा अर्को गोरु किन्ने पैसा उ सँग रहेनछ ! बर्खा लाग्यो कसरी खेती उठाउने यही चिन्ताले मसाने ग्रसित थियो ! उस्को पँहुचले भ्याए सम्म ऋण पान सर-सापट माग्न गाँउ भरी निस्क्यो तर उस्को हाता लाग्यो सुन्न्ने एक्लै झोक्राएर भगवान सँग गुनासो गर्न थालेछ आखिर मान्छेले भगवान सम्झिने दु:खमा त हो

भगवान सँग गुनासो गरेको थाहा भएर भगवान प्रकट हुनु भएछ भगवानलाइ आफ्नै आँखाको अघाडी देखेर मसाने अचम्म हुँदै दन्डवत गरी आफ्नो गुनासो पोखेछ
लौ न प्रभु म माथि दया गरियोस म हजुरको सदैब ऋणी हुनेछु म माथि दया गर्नुस् यो सुनेर भगवानले भन्नु भएछ हेर मसाने तिमीले जे जे माग्छौ म दिन्छु तिमीलाई तर म नि एउटा सृस्‍टिको नियममा बाँधिएको हुनाले मेरो नि कर्तब्य छ जुन मैले पुरा गर्नु पर्छ जुन तिम्रो आँगन जोडेर बसेको छिमेकी साने छ उस्को स्थिती तिम्रो भन्दा नाजुक छ् उस्लाई नि मैले केही गर्नु छ जती तिमीले आँखा चिम्लेर माग्छौ तिमीलाई त्यो प्राप्त हुनेछ तर जती तिमीले पाउछौ त्यसको ठीक दोब्बर तिम्रो छिमेकी लाई नि प्राप्त हुनेछ यदी मन्जुर भए भन म वरदान दिएर जान्छु
अब आँखा चिम्लेर हात थाप्दै फ्रीमा पाउने भए पछी के चाइयो मसानेलाई केही नसोची हुन्छ भनेर भनेछ अनी भगवानले तथास्तु भनेर भगवान अन्तर्ध्यान हुनु भएछ
अब वर त पाइयो काम गर्छ गर्दैन भनेर मसानेले
आँखा चिम्लेर लौ प्रभु मलाई खेती उकास्नु छ एउटा गोरु चाइयो भनेर आफुले पाएको वरदान परिक्षण गरेछ ! नभन्दै गोठमा अघी सम्म एक्लो भएको गोरु अहिले हल नै देखिए यो देखेर मसाने खुशीले गधगध भयो ! उस्ले आँखा चिम्लेर माग्न सुरु गर्‍यो लौ प्रभु मलाई हल गोरु चाइयो भन्दै अर्का हलगोरु पनि गोठमा भरिए अब मसानेको घरमा दुई हल गोरु भए
खुशी हुँदै मसाने नाच्दै आँगनमा निस्क्यो आँगनमा निस्किदा छिमेकीको गोठमा ३ हल गोरु देखेर अलिक खिन्न भयो ! जाबो गोरु न हो भन्दै चित्त बुझायो
फेरी घर तर्फ आँखा लगायो ढिकुटीमा आँखा लगायो उस्लाई जहाँ जहाँ कम्ती भएको महसुस भयो ति सबै चिज आँखा चिम्लेर माग्न थाल्यो
लौ प्रभु मेरो घरको भकारी रित्तिन लागेछ एक भकारी दुई ड्याम्की चामल होस् भनेर माग्यो
आखिर भगवान बाट वरदान जो पाएको छ पुरा नहुने कुरै भएन उस्ले मागे झै एक भकारी धान दुई ड्याम्की चामल भयो
मसाने खुशीले नाच्दै बाहिर आयो सानेको घर भित्र के भयो उस्ले देखेन भगवानले दिएको वरदान स्वरुप सानेको घर भित्र
२ भकारी धान ४ ड्याम्की चामल भएको देखेन र खुशी भयो
फेरी मसानेले आफ्नो परालले छाएको झुप्रो देखेर आँखा चिम्लेर माग्यो लौ प्रभु यो धुँवाको लुम्सो लागेको घरमा कती बस्नु
४ कोठा भएको तुइ तले जम्मा ८ कोठाको पक्की आर सि सि बिल्डिङ चाइयो भन्दै माग्यो आँखा खोल्दा आफ्नो झुप्रो दुई तले बिल्डिङ भएको पाएर खुशी हुँदै कराउन थाल्यो हेर साने मेरो घर कत्रो भयो भन्दै फनक्क फर्किदा सानेको घर झन ४ तले बिल्डिङ भएको देखेर मसाने नि शब्द भयो
हिजो सम्म मेरो औकातको आधा भएको मान्छे आज मेरो दुगुना औकात भयो यो सानेको भन्दै भित्र भित्रै भाउन्न छुट्न थाल्यो मसानेको
आखिर भाउन्न किन नहोस् उ पनि मान्छे नै हो अझ छिमेकी
छिमेकीको प्रगतीमा अर्को छिमेकीले प्राय डाहा नै गर्छन्
अब मन मनै सोच्न थाल्यो मसानेले त्यो सानेलाई म भन्दा दुखी कसरी बनाउ भन्दै उस्ले झयास्स सम्झियो आफुले पाएको वरदान मैले जती पाउछु छिमेकीले दुई गुणा पाउछ अगी सम्म आफुले प्राप्तीको लागि आँखा चिम्लेर मागे पनि छिमेकीको दोब्बर भएको देखेर अब मसाने आँखा चिम्लेर गुमाउने वर माग्न थाल्यो लौ प्रभु मेरा २ हल गोरु भिर बाट लडेर मरुन भन्दै
अब आफ्ना दुई हल नै गोरु मर्दा छिमेकीका ४ हल मर्ने भए नि दुई गल गोरु गुमाउनु र ४ हल गोरु गुमाउनुको पिडा पक्कै ४ हल गुमाउनेलाई धेर हुन्छ
त्यसरी नै आफ्नो २ लते बिल्डिङ माथिल्लो तला भात्कियोस भन्दै आँखा चिम्लेर वरदान माग्यो आफ्नो एक तला भात्किदा छिमेकीको दुई तला भात्किने भए आफुलाई भन्दा छिमेकिलाई पिडा धेर हुने भो
अन्तिममा सानेलाई अन्धो बनाएर सधैंको लागि अपाङ्ग बनाउने बिचारले मसानेले आँखा चिम्लेर वरदान मागेछ लौ प्रभु मेरो एउटा आँखा झिरले घोचेर
फुटाइदिनुस् मलाई एउटा आँखा भए हुन्छ
अब आफ्नो एउटा आँखा फुट्दा छिमेको दुई टा आँखा नै फुट्ने भए यो सोचेर खुशी हुँदै थियो प्राय छिमेकी बाहिर दु:ख प्रकट गरेपनी छिमेकिको दु:खमा भित्र भित्रै रमाएका हुन्छ सानेको दुईटै आँखा फुटेर जिन्दगीभरी अन्धो हुने भो संसार अध्यारो हुने भो भन्दै भित्र भित्रै रमाउदै थियो मसाने त्यही बेला भगवान फेरी टुप्प्लुक्क प्रकट भएर हेर मसाने मैले दिएको वरदानको सदुपयोग गरुन्जेल म चुप बसे तैले दुरुपयोग गर्न थाले पछी अब यो वरदान तलाई दिन हुदैन त्यसैले तलाइ प्राप्ति भएको सबै वापस लिन्छु सानेलाई प्राप्ति भएको छोडी दिन्छु किन की ऊसमा आरिस छैन उस्ले मागेको नी होइन जून तैले गर्दा भएको हो भन्दै एक थप्पड मसानेको गालामा बजाउदै उ सँग भएको वरदान वापस लिएर अन्तर्ध्यान हुनु भयो भनिन्छ नि भगवान देता हे तो छप्पड फाड के लेता हे तो थप्पड मारके
बिचरा मसानेको गालो रातो मात्रा भयो आखिर पाउनु न गुमाउनु स्यापको ट्याप जस्ताको तस्तै
ई मान्छे हुन आफ्नो प्रगतिमा खुशी हुनु भन्दा छिमेकीको प्रगतीमा दुखी हुन्छन
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: