बुध्दको यो देश किन बदनाम भो सरकार !!
ज्यान लिन तुल्लेकाछन् तिम्रा सुरक्षाकर्मीहरु
हेर्नुस् हाम्रो शरीरभरी निलडाम भो सरकार!!
कानभरी तेल हाली कतिन्जेल सुत्नु हुन्छ ?
जाग्नुहओस पिँडीभरी घामैघाम भो सरकार!!
कती दमन गर्नु हुन्छ?जनताका चाहानालाई
आज फेरी सडकमा चक्काजाम भो सरकार!!
आँगनसंगै मुटु चिर्यौ र'पो गाँउले जुर्मुराए
प्रदेश जाने घोडा तिम्रो बेलगाम भो सरकार!!
जितु खड्का गाउँले
मोरङ उर्लाबारी
हाल-साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment