Pages

Saturday, August 01, 2015

चुल्ठोले छोपेको बुध्दी चुल्ठो काटेर नी पलाएन(ejanata.comमा प्रकासित)

परदेसिको समय व्यतित गर्ने चौतारी भनेकै यही सामाजिक संजाल फेसबुक र टुइटर हो !यहाँ बरिस्टे देखी लिएर घनिस्टे तथा कनिस्टे अनि कालमुन्टे धम्मरधुस देखी फिस्टे सम्म चन्द्रेका बाउ इन्द्रे दिखी लिएर
माग्ने बुडो बान्द्रे सम्म सुइटि देखी घैटि सम्म पुड्की देखी मोटी सम्म घुँडा धसेका देखी बेत बसेका सम्म छ्यास छ्यास्ती भेटिन्छ ! कुरो गरी साध्य भए पो कुरो गर्नु हजार मान्छेका रुची पनि हजार नै भेटिन्छन
यहाँ ताल तालमा मान्छे भेट्छु म मेरो पनी बरालिने थलो यही जो छ!भगवानले मान्छे सृस्टी गर्दा यत्रो बडेमानको शरीरमा २०० ग्राम मात्र गिधि दिएर बडो अन्याय गरेकाछन् । तपाइँ हामीलाई त्यही २०० ग्राम
गिदी पनि कतीले सहि सदुपयोग गर्छन कतीले दुरुपयोग खैर छोडी दिनुस यस्ता कुरा ।  ए साँचि म त सामाजिक संजाल फेसबुक र टुइटरको कुरा गर्दै थिएँ है पट्रीछोडेको रेल जस्तो कता २०० ग्रामको गिधी  कता तिर दौडिएछ मेरो पनि
यो फेसबुकले नि गर्नु गरेको छ मान्छेलाई कसैलाई कलाकार बनाएको छ ! कसैलाई कबी बनाएको छ कसैलाई गजलकार बनाएको छ कसैलाई मोडल मलाई भने बेकार बनाएको छ ! अनुहार न दनुवार पण्डब सुनुवार भने झै अनुहार परेको भा पो मोडल हुन्थे म नि अनुहार हेर्दै रिस उठ्छ रे कतिलाई मेरो मानौ म ऋषी धमाला हुँ माफ गर्नु होला मैले ॠषि दाई र पाण्डब दाइलाई गलत भन्न् खोजेको भने होइन ! अब अनुहार नपरेपछी मोडल बन्ने बाटो त मेरो मेटियो म नाथु के मोडल हुन्थे र ? मोडल हुनलाई त कला देखाउन सक्नु पर्छ ज्योति मगर र तृर्सना बुढाथोकीले जस्तो अभागी पुर्पुरो, भगवानले जन्मिदै म बयस्क हुदा कला पलाउने बनाईदिएनन के गुनासो गर्नु भगवान संग पनि, उनैलाइ देशमा ठाउँ नहोला जस्तो छ । धर्मनिरपेक्षले गर्दा बिचरा भगवान ऊनी प्रती कुनै गुनासो रहेन मेरो खैर छोडौ म केही बन्न नसकेकोमा मेरो कमजोरीलाइ सामन्ती सर्खार बाहुनवाद भनेर अरुलाई दोषारोपण गर्न चाहिंन मैले यहाँ बहुत बढा विद्वान देखी लिएर बहुत बडा मुर्ख सम्म देख्छु म मानिलिनुस यो भित्तोमा टुटेफुटेका सब्द सम्योज गर्न सिक्नु हुन्छ मित्रले काफिया रदिफ मजाले नचिनीकन खाडीमा कमाएको पैसा खर्चेर एउटा गजल संग्रह निकाल्नु हुन्छ पुस्तक छाप्ने देखी लिएर कभर डिजाइ गर्ने बिमोचन गर्ने बिमोचनमा उपस्थिति भएका बरिस्ट अथितिलाइ हाँजिरा दिएर ५० औ हजार खर्च गरेर एउटा पुस्तक बिमोचन गराउनु हुन्छ र पुस्तकको फोटो फेसबुकमा कभर फोटो बनाएर बरिस्टे बनीहाल्नु हुन्छ ! भलै उहाको पुस्तक बिमोचनमा सित्तैमा वितरण गरिएको बाहेक सबै बोरामा हालेर नाम्लो लाएर घर पुराइ दराजको कुनामा केही केही खाटमूनी थन्काउनु भएको छ जे होस् उहा बरिस्टे बनीहाल्नु हुन्छ ! हिजो सम्म हामी संग हाँसी मजा गर्दै हिड्नु हुन्थ्यो आज अचनाक उहामा परिवर्तन आएको छ ! म महसुस गर्छु उहाको नाक घिरौला भन्दा अलिक ठुलो चिचिन्डो जत्रो लामो भएको छ कतै ठोकिन्छ भनेर उहाँ पर पर हेरेर हिड्नु हुन्छ कठै हामी जस्ता झिना मसिना भुसुना कहाँ देख्नु हुन्छ उहाले छोडीदिनुस उहाँ आज वाट बरिस्टे गजलकार भै सक्नु भएको छ !

फेरी यता हाम्रा पल्लाघरे च्याँउसी भाउजुको कहानी भिन्नै छ !४ कलासमा पढ्दा पढ्दै बा ले ब्या गरीदिएर १४ बर्ष बित्दै पहिलो बेत हानेकी भाउजुले २० बर्ष पुग्दा त लुतु लुतु ४ बेत हानि सकिछिंन ! गाँउमा भकारो सोर्दा सोर्दा थाकेको ज्यान त्यहा माथी जँडिया दाइले रक्सि पिएर दिनहु झैँ झगडाले वाक्क दिक्क भएकी भाउजु जँडिया दाइले सुक्को नकमाए पछी ४ सन्तानको भबिस्यले ग्रसीत भएर भान्टाङ्ग भुन्टुंग माइतमा जिम्मा लाएर एउटा झोलामा दुइ जोर कुर्था सुरुवाल हालेर हातमा राहादानी च्यापेर विदेश हुइकेकी थिन ! खोइ इजरायल की कुबेत कता छिन रे म सानै हुदाँ अहिले म त लक्का जवान भै सके भाउजु उस्तै छिन अझै अलिकति ज्यान मोटाएको रहेछ  अनुहारमा मासुका लुम्सा झुन्डिन थालेका रहेछन अहिले त उमेरले नी ४५ नाघ्यो क्यारे बेला बेला च्याट हुन्छ म संग नी आधा इंग्लिश आधा नेपाली आधा हिसाब मिलाएर बोल्छिन
यसरी hello के ६ भन्दै म नि कम्ता चलाख छु र भन्या उनकै भाषामा बोल्दिन्छु ठिक बेठीक छुट्याएको चिन्ह प्रयो गरेर यसरी ✔ ६ भनेर हैट हिजो आज त पैसा कमाएर सुख भएछ क्यारे खुब मोटाइछिंन गाउमा हुदा १२ हाते सारी बेर्दा नी जुम्राको पुतली जस्ती देखिन्थिन अहिले त मोटाएर मस्सुर भैछिन लामो कपाल नी काटेर बुथुरे पारिछिंन पहिरन उस्तै बुथुरे टुटे कपाल माथी कालो चेस्मा ठीसिक्क अढ्याएर जलगैडा (होप्पोपोटमस ) जस्तो सरीरमा दुइ इन्चीको बुचे जामा बेरेर दुइ औला उठाएर एउटा खुट्टो भाँचिएको गोरुले झैँ बाङ्गो खुट्टो टेकेर
फोटो खिची पोस्ट्याउदी रहेछिन एउटा फोटो हेरेको गुजराति भैशीलाइ ७ कलासमा पढ्ने नानिको जामा लगाई दिए जस्तो देखे मैले यो देख्ने साथ खित्का छोडेर हाँसो निस्कीगयो मेरो हाब्रोवाट  हातले हाब्रो थुन्दै त्यहा लेखीएका कमेन्टहरु पढ्न थाले कसैले वाह कती सुन्दर लेखेको रहेछन कतिले क्युट लेखेका रहेछन कतिले सेक्सी लेखेका रहेछन ती गजलका किताब छापेका गजलकार महोदयले नी लाइक ठोक्न भ्याएछन कतिले जिस्काएका रहेछन बिचारी भाउजु जस्ले कमेन्टमा जे लेखेपनि कमेन्ट रिप्लाईमा इंग्लिशमा टि किउ टि किउ (TQ TQ) लेखेर बस्दि रहेछिन ! हँन अलिकति त बिचार गर्नु पर्छ नी २०० ग्रामको भए नी गिदी दिएका छन् भगवानले थसुल्ली भैसी जस्ती मान्छेलाइ सुइटि भन्दै छन भने माफ गर्नु होला यो Sweety नभएर सिकुटी लुति  वाले सुइटी हो नि मलाइ मजाक उडाउदै रहेछन भनेर बुझ्नु पर्ने हो उमेरले नेटो काटेको थाहा पाउदा पाउदै नी कसैले किउट भन्दै छ भने एक पल्ट ऐना सामु उभ्भिएर हेर्नु पर्ने हो म कस्ती छु भनेर कसैले नचाइने बढाइ चढाइ गरेर तारिफ गर्दैछ छ भने सोच्नु पर्छ यो मान्छे भित्र केही स्वार्थ लुकेको छ भन्ने पहिरन पनि सरीर सुहाउने लाउनु पर्छ गैडाको सरीरमा जामा हेर्दा नी असूहाउदो लाग्छ
बिचरी भाउजु गाँउमा हुदा पो बुध्दी चुल्ठोले छोपेको थियो विदेश हिनेपछी त कपाल काटेर लिडे बनाउदा नी बुध्दी आएन छ कहिले आउला भाउजुको बुध्दी ?
मोरंग उर्लाबारी
हाल – साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: